काठमाडौं । नेपालमा आज सुनको मुल्य पछिल्लो आठ महिनायताकै सस्तो भएको छ । बुधवार (आज) एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि सुनको भाउले ९० हजारभन्दा तल पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले यसअघि सुनजानकारी दिएको छ । यस भन्दा पहिले सुनको मुल्य हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।

असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभयो । असार ५ गते ८९ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजार र कारोबार नहुनु नै सुनको मूल्य घट्ने मुख्य कारण भएको बताइएको छ । महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो छापावाल सुन ९० हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको छ ।

सम्बन्धित खबरहरु