काठमाडौं । झण्डै दुई हप्तापछि बैतडीको दोगडाकेदार गाउँपालिका की १७ वर्षीया किशोरी भागरथी भट्टको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन् । मंगलबार भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

भागरथीका परिवारले दोषीलाई कारबाही नभएसम्म लाश नबुझ्ने अडान राखे पछि लाश जिल्ला अस्पताल बैतडीमै छ । सोधपुछमा खटिएका प्रहरी अधिकृतले दिनेशलाई कुनै पनि मानसिक र शारीरिक यातना नदिएर फकाएर बयान लिएका थिए ।

बयानमा सहभागी ती अधिकृतका अनुसार उनलाई तिमी नाबालकलाई केही सजाय छुट हुन्छ, भनेर फकाइएको थियो । मंगलबार अबेर राती मात्रै उनले साविति बयान दिएका हुन् । उनले धेरै रोएपछि मात्रै घटनामा आफ्नो संलग्नता भएको कुरा बताएका हुन् ।

तर दिनेशले भागरथीमाथि जबरजस्ती गरेको भन्ने आरोपलाई स्विकार गर्न मानेका छैनन् । भागरथीको ज्यान आफुले लिएको कुरा बताए पनि अर्को आरोपबारे उनी मौन रहने गरेको प्रहरीको भनाई रहेको छ । उनको, पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिनु भएको हो ।

जिल्ला अस्पताल बैतडीले भागरथीको तल्लो अंगमा केही गतिविधि भएको र घाँटी थिचेर ज्यान लिएको पोष्ट मार्टम रिपोर्ट प्रहरीलाई दिएको छ । घटनाको प्रकृती हेर्दा पनि भागरथीको तल्लो अंगको वस्त्रहरु फुकालिएका छन् भने उनको तल्लो अंगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ ।

दिनेशले प्रहरीसमक्ष दिएको बयानः ‘म मध्यान्तरमा स्कुलमा भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे ।

घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन । उनी पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।’

सम्बन्धित खबरहरु