काठमाडौं । भागरथी भट्ट प्रकरणमा संलग्न व्यक्तिलाई सार्वजनिक गरिएको छ । माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा भागरथीको लाश फेला परेको थियो । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी प्रकरणमा पक्राउ परेका अन्‍दाजी १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको हो ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु