काठमाडौं । आज नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अर्कोतिर कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । अर्कोतिर २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४५, ललितपुरका ९ र भक्तपुरका ६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । तर नेपालमा अहिलेसम्म २ हजार ५५ जनाको मृत्यु भैसकेको छ ।

सम्बन्धित खबरहरु