काठमाडौं । चर्चित बलिउड अभिनेत्री एवं पूर्व मिस एशिया प्रशान्त र अभिनेत्री दीया मिर्जाले विवाह गर्नुभएको छ । सोमबार व्यवसायी वैभव रेखीसँग विवाह गर्नुभएको हो ।

हिन्दु संस्कार अनुसार दुई जनाले मुम्बईमा विवाह गर्नुभएको हो । विवाहमा दुई परिवारका आफन्त र केही नजिकका साथीहरुलाई निमन्त्रणा गरिएको थियो । दीयाले रातो साडी लगाउँदा वैभव सेतो कुर्ता पजामा र नेहरू ज्याकेटमा देखिनु भएको थियो ।

तपाईंलाई जानकारी गराउ कि दीया र वैभव दुवैको यो दोस्रो विवाह हो । दियाले २०१४ मा व्यापारी साहिल संघसँग बिहे गर्नुभएको थियो । २०१९ मा सम्बन्ध विच्छेद भएको थियो । वैभवको पहिलो विवाह सुनैनासँग भएको थियो । उहाँकी एक–एक छोरी छिन् ।​

सम्बन्धित खबरहरु