काठमाडौं । आज नेपालमा कोरोनाभाइरसका ९६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ५४१ जनाको नमूना परीक्षण गरिएकोमा ९६ जना सङ्क्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९६ सङ्क्रमित पुष्टि भएकोमा १११ जना सङ्क्रमित निको भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार ६०३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ५०५ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म २१ लाख ३१ हजार ३३० जनाको नमूना सङ्कलन गरी आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

उक्त संख्यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ । हाल एक हजार ६०३ जना आइसोलेशनमा र ७१ जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित खबरहरु