काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेले २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न नपाउने भएका छन् । चेन्नईमा बिहीबार भएको खेलाडीको बोलकबोल (अक्सन) मा उनलाई कुनै पनि टीमले अनुबन्ध गर्न तयार नभएपछि उनले २०२१ को आईपीएल खेल्न नपाउने पक्का भएको हो । आधारभूत मूल्य ४० लाख भारु राखेका सन्दीपले यसअघि आईपीएलको तीन सिजन खेलिसकेका छन् ।

सम्बन्धित खबरहरु