काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज अन्तिम संस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा अन्तिम संस्कार गर्न लागिएको हो ।

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको जीवन मात्रै लिएको बताएका थिए तर लाश परीक्षण रिपोर्टमा भने जबरजस्ती सम्बन्ध कायम गरेपछि जीवन लिइएको उल्लेख गरिएको थियो ।

त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलपूर्वक सम्बन्ध राख्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म लाश बुझ्न मानेको थिएन ।

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै सबै अपराध गरेको स्वीकारेका थिए । सबै घटना आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले लाश बुझ्न मानेको हो ।

सम्बन्धित खबरहरु