काठमाडौं । शुक्रबार (आज) नेपालमा सुनको मुल्य पुनः घटेको छ । बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अर्कोतिर तेजावी सुन आज प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु