काठमाडौं । गत वर्ष गलवानमा भएको विवादमा भारतका २० सैनिक शहीद भएका थिए । चीनले आफ्नोतर्फ भएको क्षतिबारे बताएको थिएन् ।

यो बीचमा चीनले पहिलो पटक गत वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय सेनासँगको लडाँईमा परी आफ्ना ४ जना सैनिक शहीद भएको जानकारी दिएको छ ।

चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेना (पीएलए) को आधिकारिक अखबार पीएलए डेलीलाई उद्धृत गर्दै लडाँईमा चिनियाँ सैनिकको मृत्युको बारेमा जानकारी दिएको हो ।

सम्बन्धित खबरहरु