काठमाडौं । नेपालमा एक नयाँ शोले प्रवेश गरेको छ । बिहिवार काठमाडौँको ठमेलस्थित डेलिमा गार्डेन क्याफेमा काराओके इन्टरटेन्मेन्टले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । काराओके आईकन सिजन ३ र मिस नेशनल २०२१ को आयोजना गरिने भएको छ ।

सुन्दर रुप सुन्दर मन, गीत संगीतमा रमाउँ अनी नाचौँ धेरै बाचौँ नाराका साथ आफ्नो अभियानमा निरन्तर लागि परेको काराओके इन्टरटेन्मेन्टले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको आयोजना गरि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने जनाएको छ । यस कार्यक्रमलाई फ्रेन्चाइजको रुपमा विश्व बजारमा लैजान सकिने काराओके इन्टरटेन्टमेन्टका प्रमुख खगेस रन्जितले जानकारी दिएका छन् ।

कार्यक्रममा निर्णायक मण्डलमा गायक भीम तुलाधर, गायिका द्वय बुनु राई मानन्धर र सबिना मानन्धर, मिस ग्राण्ड ईन्टरनेशनल नेपाल उरुशा जोशी, मिस नेवाः आईकन दिया श्रेष्ठ, मिडिया पर्सन श्यामसुन्दर पुडासैनी, सल्लाहकार सर्जु रञ्जित र काराओके ईन्टरटेन्मेन्टका प्रमुख खगेश रन्जित समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु