काठमाडौं । प्रहरीले १७ जना जुवाडेलाई सुनाकोठीबाट पक्राउ गरेको छ । ललितपुर प्रहरीले ३० लाख नगदसहित १७ जना जुवाडेलाई सुनाकोठीबाट पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुर महानगरपालिका–२६ स्थित अजय महर्जनको घरको दोस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक पोषणराज थपलिया र सुरेशराज भट्टको कमाण्डमा खटिएको ३५ जनाको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, सानुकान्छा महर्जन, पुर्ण श्रेष्ठ, विनोद प्रसाद घिमिरे, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन, चिरीकाजी महर्जनलगायत रहेका छन् ।

उनीहरुको साथमा ३० लाख ८४ हजार ४ सय रुपैयाँ रकम बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरु बारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु