काठमाडौं । केही सर्तसहित नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) सरकारसँत वार्ता गर्न तयार भएको छ । विप्लवले आफ्नो पार्टी सरकारसँग वार्ता र संवाद गर्न तयार रहेको बताएको छ । शनिबार पार्टीको नाममा विज्ञप्ति जारी गर्नुहुँदै सो दलका महासचिव समेत रहनुभएका नेत्रविक्रम चन्द ‘विप्लब’ ले सो कुराको जानकारी गराउनुभएको हो ।

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।”

सम्बन्धित खबरहरु