काठमाडौं । समय समयमा पूर्वराजा ज्ञानेन्द्र शाहका तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन् । यो बीचमा पूर्वरानी कोमल राज्य लक्ष्मी शाह र पूर्वराजा ज्ञानेन्द्र शाह नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पूर्वरानी कोमलको ७१ औं जन्मोत्सवका अवसरमा झापाको एक होटेलमा राजपरिवारका सदस्यहरुको उपस्थितिमा ७ फागुनको साँझ पूर्वराजा र पूर्वरानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

भिडियोमा चाँदनी शाहको शब्द र तारा देवीको स्वर रहेको ‘शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म’ गीतमा पूर्वराजा र रानीले हात समाएर नाचेको दृश्य देख्न सकिन्छ ।

उनीहरुको नाचसँगैको माहोल निकै रोमाञ्चक बनेको देखिन्छ । त्यसपछि बजेको ‘सम्झना बिर्सना सलललल...’ गीतमा उपस्थित सबै जना एकसाथ नाचेको भिडियोमा देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु