काठमाडौं । उडिरहेको विमानमा अचानक आगलागी भएको छ । अहिले त्यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । युनाइटेड एअरलाइन्सले आफनो कम्पनीको बोइङ–७७७ विमानलाई ग्राउन्डेड गरेको हो ।

सोही सिरिजको एउटा विमान हिजो उडिरहेको अवस्थामा इन्जीनमा आगलागी भई ठुलो दुर्घटनाबाट जोगिएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त घटनापछि सुरक्षा सतर्कता र सावधानी अपनाउँदै कम्पनीले बिमान ग्राउन्डेड गरेको जनाएको छ ।

अमेरिकाको डेनभरबाट होनोलुलुका लागि २ सय ३१ यात्रु लिएर १० जना चालकदलका सदस्यसहित उडेको विमानको इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको थियो ।

घटना लगत्तै जापानले युनाइटेड एअरलाइन्सको यो विमानमा प्रयोग भएको इन्जीन जडान गरिएका सबै खाले विमानलाई आफ्नो हवाई क्षेत्रभित्र प्रवेश नदिने जनाएको छ ।

युनाईटेड एयरलाईन्सको समस्याग्रस्त यो बोईङले ‘प्राट एण्ड ह्वीट्नी–४०००’ सिरिजको इन्जिन प्रयोग गर्दै आएको थियो । बिश्वमा हाल यस्ता ६९ वटा बोइङ–७७७ विमानले सेवा दिईरहेका छन् ।

https://twitter.com/AJEnglish/status/1363416420290330625

सम्बन्धित खबरहरु