काठमाडौं । चर्चित बलिउड अभिनेत्री राखी सावन्तलाई लिएर गम्भीर खुलासा भएको छ । बिग बोस १४ सुरुदेखि नै धेरै ट्वीस्टहरुले भरिएको थियो । यो क्रम शो समाप्तिको दिनसम्म पनि जारी रह्यो । हालैका रिपोर्ट अनुसार बिग बोस १४ मा एक कडा प्रतिस्पर्धी मानिएकी राखी सावन्तले कार्यक्रम पहिले नै छोडेकी थिइन् ।

उनले भारु १४ लाख रूपैयाँ लिएर शो छोडेको खुलेको छ । उनी बिग बोस १४ को ताज पाउने दौडबाट बाहिर गएकी हुन् । शोमामा राखी सावन्तले धेरै चोटि उल्लेख गरेकी थिइन कि उनको आर्थिक अवस्था राम्रो छैन र उनलाई पैसा चाहिएको छ ।

राखीका फ्यानहरूको लागि यसलाई एक जोडदार धक्का दिने खालको खबरका रुपमा लिइएको छ । केही रिपोर्टका अनुसार राखी सावन्तले बिग बोस १४ को अन्तिम क्षणको दौडबाट १४ लाख रुपैयाँ लिएर किनारा लागेकी हुन् ।

राखीले उक्त रकम अन्तिमसम्मका लागि नखेल्ने भन्दै लिएकी हुन् । यस समयमा, अली र राहुल वैद्य लगायत घरका बाँकी सदस्यहरू राखी सावन्तसँग रिसाएका थिए । तपाईंलाई जानकारी गराउ कि राखी सावन्तका फ्यानहरूले उनलाई बिग बोस १४ को बिजेताको रूपमा देख्न चाहेका थिए ।

उनीहरु राखीले १४ लाख लिएर शो छोडेको कुराले धेरै नै दुःखी देखिएका छन् । बिग बोस १४ को बिजेता रुबीना डिलाक भएकी छिन् । उनलाई ट्रफीसहित ३६ लाख भारु रुपैयाँ दिइएको छ । शोका होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्दै ट्रफीको साथसाथै विजेता रुबीनालाई ३६ लाख रूपैयाँ पनि प्रदान गरेका हुन् ।

 

सम्बन्धित खबरहरु