काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक भिडियो निकै नै भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा सत्तारुढ दलका नेतालाई देख्न सकिन्छ ।

भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार भाइरल भइरहेको भिडियोमा भारतीय जनता पार्टी (भाजपा) का नेतालाई देख्न सकिन्छ । यो भिडियो राजस्थान (राज्य) का एक भाजपा नेताको हो । जसमा एक पुरुष एक कार्यक्रममा एक पेशेवर नर्तकसँग डान्स गरिरहेका छन् ।

वास्तवमा यो भिडियो चित्तौडगढ जिल्लाको मंगरोल क्षेत्रमा एक विवाह समारोहको हो । त्यहाँ भाजपा नेता कैलाश गुर्जर एक महिलासँग नृत्य गरिरहेका थिए ।

समाचार अनुसार यो भिडियो २३ जनवरीको हो । तर अहिले पनि यो सामाजिक सञ्जालमा धेरै नै भाइरल भइरहेको छ । कैलाश गुर्जरले आफु विवाह समारोहमा भाग लिन आफ्नो परिवारसहित गएको कुरा बताएका छन् । कसैलाई यो भिडियो बनाएर आफ्नो राजनैतिक छवि बिर्गान खोजेको उनको आरोप छ । News Source 

सम्बन्धित खबरहरु