काठमाडौं । एक ठुलो हवाई दुर्घटना टरेको छ । संयुक्त राज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागे पनि पाइलटले सकुशल अवतरण गराएका हुन् ।

विमानको इन्जिनमा आगो लाग्न थालेसागै विमानको बाहिरी भागबाट अवशेष उछिट्टिएर भुइमा खसेका थिए । अमेरिकी अधिकारीले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसाग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए ।

विमानभित्रका यात्रुले खिचेको तस्बिर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाातर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देख्न सकिन्छ । आगोका कारण इन्जिनको बाहिरी भाग खुस्किएर उछिट्टिएको थियो ।

जानकारी अनुसार विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य रहेका थिए । विमानमा सवार वा जमिनका कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरूले बताएका छन ।

विमानमा सवार यात्रुहरुले बााच्छु भनेर आशा नै नभएको बताएका छन् । युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दैै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानमा इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ । अहिले सामाजिक सञ्जालमा यस घटनाको एक भिडियो पनि भाइरल भइरहेको छ ।

सम्बन्धित खबरहरु