काठमाडौं । चर्चित बलिउड अभिनेत्री सन्नी लियोन उनको स्टाइलिश जीवनशैलीका कारण चर्चामा रहने गर्छिन् । यो मात्र होईन, उनी प्राय जसो आफ्ना स्टाइलिश तस्विर र भिडियो फ्यानहरूसँग साझा पनि गर्ने गर्छिन् ।

हालसालै सन्नी लियोनले सामाजिक सञ्जालमा आफ्ना केही तस्विर सेयर गरेकी छिन् । तस्विरमा उनी पौडी खेल्न पोखरीको छेउमा पुगेको देखिएको छ । उनले फरक फरक पोजमा तस्विर खिचाएर सेयर गरेकी छिन् । सन्नीले चश्मा र पहेंलो रंगको लुगा लगाइरहेकी छिन् ।

उनको यी तस्विर धेरैलाई मन परेको छ । थरी थरीका प्रतिकृयाहरु पनि आइरहेका छन् । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘तपाईको सोमबारको व्याकुलता बढाउनको लागि ।’ तस्विरको क्याप्सनसँगै उनले हास्यास्पद इमोजी पनि प्रयोग गरेकी छिन् ।

सम्बन्धित खबरहरु