काठमाडौं । एक सांसदको शंकास्पद अवस्थामा लाश फेला परेको छ । भारत, महाराष्ट्रको दादरा नगर हवेलीका निर्दलीय लोकसभा सांसद मोहनभाई देलकर मृत अवस्थामा फेला पर्नुभएको हो ।

मुम्बईको सी ग्रीन होटलमा मृत अवस्थामा फेला पारिएको हो । मुम्बईका अतिरिक्त प्रहरी आयुक्त सत्यनारायण चौधरीले बीबीसी मराठीसँग कुरा गर्दै मृत्यु भएको पुष्टि गर्नुभयो ।

प्रहरीले मोहनभाई देलकरले यो बाटो आफै रोजेको बताएको छ । प्रहरीले गुजरातीमा एक नोट पनि फेला पारेको बताएको छ । ५८ वर्षीय वर्षीय मोहनभाई देलकर दुई छोराका पिता हुनुहुन्थ्यो ।

यस अघि उहाँ काँग्रेसमा हुनुहुन्थ्यो । सन् २०१९ मा दादरा नगर हवेलीको कांग्रेस अध्यक्ष हुँदा उहाँले पार्टी छोड्नु भएको थियो । उहाँले २०१९ को आम चुनावमा निर्दलीय उम्मेदवारको रूपमा चुनाव लडेर जित्नु भएको थियो ।

 

सम्बन्धित खबरहरु