काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिनु भएको छ ।

सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी सरकारमा पुग्नेबित्तिकै ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताउनुभयो ।

बालुवाटारबाट बालकोट जाने नेतालाई आफुहरुले सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्ने बताउनुभयो । नेताहरुलाई आराम गर्न नख्खु जेलको चौरमा पुर्याउने उहाँले चेतावनी दिनुभयो ।

उहाँले जेलको चौरमा जिन्दगीभर आराम गरेर बिताउने पनि विश्वास व्यक्त गर्नुभयो । आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको उहाँको भनाइ थियो । दलीय भागबन्डाका कारण सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै उनले न्यायालयमाथि नै कालो पोतिएको आरोप लगाउनुभयो ।

सम्बन्धित खबरहरु