काठमाडौं । सिधा कुरा जनतासँगका पूर्वसञ्चालक एवं सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन खोलेको छ । लामिछानेसहितको समुह मिलेर ‘ग्यालेक्सी फोरके’ टिभीको नामको नयाँ टेलिभिजन च्यानल ल्याएको हो ।

लामिछाने म्यानेजिङ डाइरेक्टर रहेको ग्यालेक्सी नेपालको पहिलो फोरके टिभी भएको दावा गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताउनु भयो ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उहाँको भनाई छ । ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरालगायत कार्यक्रम आउने जनाइएको छ ।

सम्बन्धित खबरहरु