काठमाडौ । चर्चित नेपाली गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छन् । एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग पुनःदोस्रो विवाह गर्ने भएकी हुन् ।

इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाडौमा बस्दै आइरहेका छन् । दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन् । तर विवाहको मिति भने सार्वजनिक गरेका छैनन् । करिब ३ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन् ।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूकी एक छोरी छन् परितोषिका पन्त । छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गर्ने लागेको बताइएको छ । गायिका पन्तको एउटा गीतबाट परितोषिकाले मोडलिङ्ग सुरुवात गरेकी छिन् ।

गीतको प्रमोशनका लागि भएका अन्र्तवार्तामा उनले आमाको विवाह भएको हेर्न चाहेको बताएकी थिइन् । अन्जु पन्त नेपाली गजल र पार्श्व गायिक हुन्। नेपाली गायक क्षेत्रमा उनले अहिलेसम्म राज जमाएकी छिन् । न बिर्से तिमीलाई, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा, किस्मत, दिल यो मेरो दिल, सुस्तरी सुस्तरी मनमा हुन् जस्ता गितबाट उनी चर्चाको शिखरमा पुगिन्। अञ्जु पन्तले आवाजको जादु छरिसकेकी छिन् ।

पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा गनिएकी छिन् । उनको सर्वप्रिय गीत तिम्ले पराइ ठाने पछि पराइ हुन के भयो र शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ (नेपालको मोबाइल रिङ्ग ब्याक टोन) मा सर्बाधिक २,८२,७५७ पटक डाउनलोड भएको छ ।

जुन गित मोबाइलबाट डाउनलोड गरिएको नेपालको सर्वाधिक डाउनलोडेड गीत हो । जुन गीत को डाउनलोड रेकर्ड अहिले सम्म अरुले तोड्न सकेका छैनन । ०५२–०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा मनवा मन नै योगी बनाऊ बोलको भजन रेकर्ड गराएकी थिइन् ।

आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँगको विवाह धेरै टिक्न सकेन । २०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि सामाजिक सन्जालहरूमा उनको व्यापक आलोचना भएको थियो ।

पछि उनले उक्त आरोप अस्विकार गर्दै आफूले बिरामी भएर उक्त गीत नगाएको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो धर्म हिन्दुबाट परिवर्तन गरेर ईसाई बनेकी छिन्। ईसाई धर्मको प्रचारक भनेरपनि उनको आलोचना गरिन्छ ।

केही समय उनी सा’ईब’र अ’प’रा’धि’को शि’का’र’ समे’त बने’की थिइन् । उनको अनुहारमा व’य’स्क’ फि’ल्म’का त’स्वि’र जो’डे’र अञ्जुको बाहिरियो भन्दै सामाजिक सञ्जालमा हल्लापनि चलाईयो । तर त्यो गलत भएको पुष्टि भइसकेको छ । अब भने उनले अर्को बिबाह गर्ने भएकी छिन् ।

अञ्जु सृष्टिको अनुपम उपहारपनि हो । उनी छोरीभन्दापनि जवान देखिन्छिन् । आमा भन्दा छोरी तरुनी भनेर जिस्क्याउने गरिन्छ । उनी बजारमा चलेको फेसनबारे उति जानकारी नहुने भएपनि आफुलाई मिल्ने कपडा खोज्न माहिर रहेको बताउछिन् । गायिका पन्तले भनिन्, ‘म फेसन कन्सस पनि होइन । तर, स्टेज पर्फमेन्सले गर्दा सामान्य फेसन त गर्नु परिहाल्यो ।’

उनले स्टेजमा सारी लगाएर प्रस्तुती दिने रहर आफूमा रहेको बताउँदै भनिन्, ‘तर आजकाल स्टेजमा सारी देखिनै छाड्यो ।’ एउटा बुटिकमा भेटिएकी अन्जुले आगन्तुक पाहुना तथा आफ्ना फ्यानहरुसँग तस्बिर खिचाउँदै थपिन्, ‘म पनि निकै राम्री पो देखिएकी छु ।’

नेपाली गीत संगीतमा एकछत्र राज गर्दै आएकी गायिका अञ्जुले आफू खानपानमा सचेत रहेको बताइन् । खानपानमा सचेत भएकै कारण ६७ किलोबाट आफ्नो तौललाई ५० मा झारेको जानकारी दिंदै पन्तले ठट्यौली गर्दै भनिन्, ‘अहिले त म मेरी छोरी भन्दा पनि सानी भएकी छु ।’

तौल घटाउनु र आफ्नो सुन्दरता झल्किँदै जानुमा ‘डाइटिङ’ नभएको पनि उनले स्पष्ट पारिन् । ‘म डाइटिङ गर्दिनँ’, अञ्जुले भनिन्, ‘समयमा खानु र सुत्नु नै सबैभन्दा ठूलो स्वाथ्य हो ।’

अञ्जुलाई अहिलेसम्म कति गीतमा स्वर दिए भन्नै समेत यकिन छैन । उनले भनिन्, ‘दैनिक तीनदेखि ६ वटासम्म गाउँदै आएकी छु । अहिलेसम्म त्यस्तै ६ हजार पुग्यो होला ।’ पछिल्लो समय नेपाली चलचित्र र सुगम संगीतमा उनका गीतले चर्चा पाइरहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु