काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।”

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताउनुभयो । उहाँले सम्पूर्ण जनता, आन्दोलनमा उत्रेका दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवादसमेत दिनुभएको छ । रासस

 

सम्बन्धित खबरहरु