काठमाडौ । त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा दरखास्त आह्वान गरेर जागिरको सुनौलो अवशर दिएको छ । त्रिविले विभिन्न सङ्कायमा लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदका लागि ५ सय ७४ जना कर्मचारीको माग गरेको हो ।

आइतबार विज्ञापन प्रकाशन गर्दै त्रिविले विभिन्न संकायका लागि खुला प्रतियोगिताबाट पदपूर्तिका लागि ५ सय ३८ उपप्राध्यापक, २४ सहप्राध्यापक र १४ प्राध्यापक माग गरेको हो ।आवेदन आगामी चैत १४ बजेसम्म दिन सकिने छ भने डबल दस्तुर तिरेर चैत २१ गतेसम्म आवेदन दिन सकिने छ ।

प्राध्यापक पदका लागि ३ हजार ५ सय आवेदन दस्तुर तोकिएको छ भने सहप्राध्यापकका लागि ३ हजार २ सय र उपप्राध्यापकका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

स्नातकोत्तर तह उतीर्ण गरेका व्यक्तिले हालसालै खिचिएको फोटो, आधिकारिक हस्ताक्षर, नागरिकता, स्नातक तहदेखि माथिका सबै योग्यताको लब्धाङ्कपत्र, प्रमाणपत्रहरु र समकक्षताको प्रमाणपत्र, बायोडाटा लगायतका कागजात पेश गर्नुपर्नेछ ।

 

सम्बन्धित खबरहरु