काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसलाई पनि सत्ता सुम्पिन तयार भएका छन् ।

सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा उनीहरुले देउवालाई प्रधानमन्त्री स्वीकार गर्न आफुहरु तयार रहेको बचन दिएका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका थिए ।

देउवा निवासमा भएको भेटवार्तामा प्रचण्ड र नेपालले अब बन्ने सरकारमा आफुहरुलाई समर्थन गर्न र त्यो वातावरण बन्न नसके तपाई प्रधानमन्त्री बन्न तयार हुनुहोस् भनेर प्रस्ताव गरेको उच्च स्रोतले बतायो ।

पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको उक्त छलफलमा सत्ता साझेदारीका बारेमा नै बढी केन्द्रीत थियो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्को चरणको वार्तामा बस्न आज सहमत भएका छन् ।

भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतको दावी छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिनुभएको छ ।

देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएको जानकारी गराउनुभएको छ । यस अगाडिको भेटमा प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए ।

 

सम्बन्धित खबरहरु