काठमाडौं । गत पुस ५ गते केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि विश्वले नेपालको राजनीतिक घटनाक्रमलाई नियाल्दै आइरहेको थियो । विशेष गरेर भारत र चीनले नेपालको आन्तरिक राजनीतिमा धेरै नै चासो दिएजस्तो देखिन आएको थियो ।

संसद् विघटन भएपछि नेपालमा हरेक दिन विरोध प्रदर्शन र शक्ति प्रदर्शन गर्ने काम भइरहेका थिए । बैशाखमा निर्वाचन गर्ने गरी ओली सरकारले संसद् विघटन गरेको थियो । तर सर्वोच्व अदालतले सरकारको उक्त निर्णयलाई बदर गर्दिएको छ ।

सर्वोच्वको यस फैसलाले नेपालमा कोही दुःखी त कोही खुःशी देखिएका छन् । तर छिमेकी भारत भने धेरै नै खुःशी भएको धेरैको बुझाई रहेको छ । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई उपचारको निहुँ पारेर भारत जानु भएको थियो ।

नेकपा अध्यक्ष समेत रहनु भएका दाहाल श्रीमती सीता दाहालको उपचारका लागि भारत जानुभयो । झलनाथ खनाल पनि उपचार गराएर फर्कनुभयो भने बाबुराम भट्टराईको उपचार भइरहेको छ ।

केही व्यक्तिहरु यसलाई संयोग मात्रै हो भन्ने कुरा मान्दैनन् । यो बीचमा सामाजिक सञ्जालमा माधवकुमार नेपालको एक भिडियो खुबै भाइरल हुँदैछ । भिडियोमा प्रतिनिधिसभा पुनःस्थापनापछि उहाँले हिन्दीमा कुरा गरिरहेको देख्न र सुन्न सकिन्छ ।

मंगलबार अदालतको फैसला आउँदा उहाँहरु चितवनमा हुनुहुन्थ्यो । अदालतको फैसलापछि उहाँहरुले विजयी उत्सव पनि मनाउनुभयो । सोही क्रममा नेता नेपालले हिन्दीमा बोलिरहेको भिडियो बाहिर आयो ।

भिडियोमा उहाँ भन्नुहुन्छ, ‘हामरा संसदीय विधि है, और पार्टी के साथ मिटिङ होगी, और उसी मिटिङ के जरिए कैसे जा सकते है ।’ नेता नेपालले यो कस्लाई सुनाइरहनु भएको थियो भन्ने कुरा बाहिर नआएपनि भिडियो भने धेरै नै भाइरल भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=eELxYy4K9zw&feature=youtu.be

 

सम्बन्धित खबरहरु