Dcnepal-NayikaPriyankaKarki302

एकपछि अर्को बन्दको घोषणा हुँदा नेपाली चलचित्र क्षेत्र पनि नराम्रोसँग ग्रसित बनेको छ । निर्माताले  लाखौ लगानी गरेर बनाएका चलचित्र चलाउने समयमा देशभर बन्द हुँदा यसले उनीहरुलाई चिन्तित पनि बनाएको छ । चलचित्रमा काम गर्ने कलाकारदेखि प्राविधिक पनि बन्दका कारण मारमा परेका छन् । बन्दको बारेमा नेपाली चलचित्रकर्मीको प्रतिक्रिया फेसबुक मार्फत सार्वजनिक भैरहेका छन् । नायिका प्रियंका कार्कीले बन्दमा देखाएको आक्रोश भने केही फरक छ । उनले आफूले बन्द नमान्ने भन्दै बिहानै स्कुटर लिएर काममा निस्केको लेखेकी छिन् । प्रियंकाले फेसबुकमा लेखेकी छिन्-‘म स्कुटर लिएर काममा हिडेँ । हेरौ कस्ले रोक्दो रहेछ । रोक्न आओस् त मुख सुख फुटाइ दिन्छु ।’ पि्रयंकाको यो आक्रोशमा देश विकासका कुरा पनि छन् । उनले लेखेकी छिन्-‘जति खेर नि बन्द, बन्द, बन्द । यस्तो पनि हुन्छ । संसार कहाँ बाट कहाँ पुगिसक्यो ।

सबैतिर विकास, उन्नती, प्रगती, सफलता तर हाम्रो देशमा एउटा पनि संविधान निकाल्न यस्तो गाह्रो । बन्द गरेर के पाइन्छ ? के हो के हो ।’ प्रियंका जस्तै नेपाली चलचित्रका कलाकारले बन्दको विरोधमा विभिन्न खालका विचार फेसबुकमा लेखेका छन् ।

सम्बन्धित खबरहरु