काठमाडौ । प्रधानमन्न्त्री केपी शर्मा ओलीले सदियौँ देखि रोकेर राखेका विकासका कामहरु आफ्नो सरकारले फटाफट गरेकाले विश्व आत्तिसकेको बताउनुभएको छ । उहाँले आफ्नो सरकारका विकासका काम देखेर विश्व चकित परेको दाबी गर्नुभयो।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप लगाउनुभएको थियो ।

‘मैले होइन, विश्व बैंकले भनेको हो, यो उसको दाबी हो हामीले गरेको विकास विश्वकै लागि राइजिङ स्टार भएको छ,’ उहाँले स्पष्ट पार्नुभयो । अर्को वर्ष मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपाल निर्माणको कामहरु धमाधम भइरहेको जिकीर बताउनुभएको थियो ।

सम्बन्धित खबरहरु