काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महरामाथि गम्भीर आरोप लगाएकी रोशनी शाही फेरि चर्चामा आउँनु भएको छ । महरा प्रकरणपछि चर्चामा आएकी शाहीले आफूलाई मन्त्री बनाउन नेकपा प्रचण्ड–माधव समूहसँग माग राख्नु भएको हो ।

संसद् पुनःस्थापनासँगै नयाँ राजनीतिक घट्नाक्रम विकास भएपछि रोशनीले मन्त्री हुने इच्छा प्रकट गर्नुभयो । सामाजिक सञ्जाल फेसबुकमा उहाँ लेख्नुहुन्छ, ‘महरालाई पार्टीले स्थायी कमिटिमा लग्नसक्छ भने म मन्त्री हुन किन नपाउने ?

जागिरबाट राजिनामा दिन्छु पार्टीले मलाई पनि स्थान दिनुपर्छ । यदि मलाई अन्याय गरेमा पार्टीविरुद्ध मुद्दा हाल्छु । यो मेरो अधिकार हो । महिलाले सधै अन्याय सहनुपर्ने ?

यो चलन पनि हटाउनुपर्छ ।’ पूर्वसभामुख महरा उत्तm प्रकरणमा केही समय जेल बसेर रिहा हुनु भएको थियो । उहाँले यो विषयमा सफाई पाइसकेका कारण हामी थप बोल्दैनौँ ।

स्टाटस्
महरा लाई पार्टिले स्थायि कमिटिमा लग्न सक्छ भने म मन्त्रि हुन किन नपाउने ? जागिरबाट राजिनामा दिन्छु पार्टिले मलाई पनि स्थान दिनुपर्छ यदि मलाई अन्याय गरेमा पार्टि बिपरित मुद्दा हाल्छु यो मेरो अधिकार हो महिलाले सधै अन्याय सहनुपर्ने ? यो चलन पनि हटाउनुपर्छ !

सम्बन्धित खबरहरु