काठमाडौं । टेलिभिजन बहसमा देखा पर्ने कुरालाई इज्जतका रुपमा लिने गरिन्छ । तर कहिलेकाँही यस्ता केही घटनाहरु हुन्छन्, जसले गर्दा टेलिभिजनामा नसोचेको दृश्य देखा पर्दछ । भारत, आन्ध्र प्रदेशको एक टिभीमा भइरहेको बहस अचानक उग्र भएपछि जे भयो, त्यसले सबैलाई हैरान बनाएको छ ।

भारतीय जनता पार्टी आन्ध्रा प्रदेशका महासचिवमाथि प्रत्यक्ष टिभी बहसको क्रममा चप्पलले थप्पड दिएको एक भिडियो बाहिर आएको छ । यो भिडियो तेलुगु च्यानल एबीएनमा प्रत्यक्ष बहसको समयमा भइरहेको बहसको क्रममा देखिएको हो ।

छलफलमा आन्ध्र प्रदेश भाजपा महासचिव विष्णुवर्धन रेड्डी, अमरावती संयुक्त कार्य समिति संयोजक के श्रीनिवास राव र अन्य प्यानलिस्टहरू पनि थिए । यसैबीच, श्रीनिवास राव भाजपाले लगाएको आरोपहरूबाट यत्ति रिसाए कि उनले पहिला आफ्नो चप्पल खोल्ने धम्की दिए ।

तर जब भाजपा नेताले उनलाई सतर्क गराए, उनले तुरुन्तै चप्पलले लगाउन भ्याए । भिडियोमा देखिएको छ कि यस घटनाको लगत्तै, बहस गर्ने एंकरले ब्रेकको लागि जान भनिरहेका छन् ।

तर त्यसपछि ती दुई नेताहरू उनीहरूको कुर्सीमा उभिए र एक अर्कालाई थप्पड दिन अगाडि आउँछन् । त्यहाँ मान्छेहरूले तिनीहरूलाई पछाडि तानिरहेको पनि देख्न सकिन्छ । श्रीनिवास राव रिसाए किनभने भाजपा नेताले उनलाई टीडीपीसँग सम्बन्धित भएको आरोप लगाएका थिए ।

भाजपा नेता रेड्डीले टीडीपीको लागि काम गरेको आरोप लगाएपछि राव अचानक रिसाएर चप्पल उठाउन बाध्य भएका हुन् । भाजपा नेताले पैसा खाएको आरोप लगाएपछि उनि भड्केका हुन् ।

Aashish on Twitter: "TV debate turns ugly !! #BJP #AndhraPradesh State General Secretary Vishnuvardhan Reddy was hit by a slipper by another participant in a live debate. Party condemned the incident. https://t.co/78gYHr6PC6" / Twitter

सम्बन्धित खबरहरु