काठमाडौं । एक वर्षदेखि प्रेममा रहनु भएकी गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिनु भएको छ । एक भिडियो सेयर गर्दै उहाँले आज प्रेमी थिर कोइरालासँग बिहे गरेको जानकारी दिनु भएको हो ।

हालैको प्रणय दिवसमा उहाँहरुले बिहे गर्ने बताएपनि मिति भने तय भैसकेको थिएन् । केही समय अगाडि विभिन्न सञ्चारमाध्यमहरुमा उहाँहरुले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया दिदैँ आउँनु भएको थियो ।

जानकारी अनुसार अन्जु र थिरले चर्चमा बिहे गर्नुभयो । दुबै जनाको क्रिश्चियन धर्म अनुसार चर्चमा बिहे सम्पन्न भएको हो । बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको खुलेको छ ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । त्यसपछि छोरी परितोशिकासँग बस्दै आउँनु भएको थियो ।

गायिका पन्तले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहे गर्न लागेको बताउनु भएको थियो । परितोशिकाले नि सार्वजनिक रुपमा पन्तलाई बिहेका लागि अनुरोध गर्दै आउँनु भएको थियो ।

सम्बन्धित खबरहरु