काठमाडौ । एक चर्चित कलाकारको स्टेजमै निधन भएको छ । पाकिस्तानका चर्चित स्टेज अभिनेता शहजाद जैदीको एक शोको बीचमा मृत्यु भएको हो । पाकिस्तानको चर्चित मिडिया एआरवाई न्युजको अनलाइन उर्दु संस्करणमा यो खबरको पुष्टि गरिएको छ ।

समाचार अनुसार, फैसलाबादका चर्चित स्टेज अभिनेता शहजाद जैदी बिरामी हुँदा पनि एक कार्यक्रममा सहभागि हुनु भएको थियो । स्टेजमा अचानक थप बिमारी भएपछि उहाँलाई अस्पतालमा सारियो ।

डाक्टरहरूले मेडिकल सहायता दिए तर उहाँको उपचारका क्रममा निधन भयो । डाक्टरहरूले परीक्षणपछि शहजाद जैदीलाई शोको बीचमा हृदयघात भएको भनेका छन् । हृदयघातका कारण उहाँको मृत्यु भयो ।

सम्बन्धित खबरहरु