काठमाडौं । चर्चित नेपाली गायिका अन्जु पन्तका विवाहका तस्विर निकै नै भाइरल भइरहेका छन् । वैवाहिक जीवनमा बाँधिनु भएकी पन्तका तस्विर भाइरल भइरहेका हुन् । उहाँले बुधबार वर्ष दिनदेखि प्रेमी रहेका थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गर्नुभयो ।

विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत सेयर गर्नुभयो । उक्त भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाउनु भएको छ ।

अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ । गायिका पन्तको दशक अगाडि गायक संगीतकार मनोज राजसँग डिभोर्स भएको थियो ।

सम्बन्धित खबरहरु