काठमाडौ । मिति २०७७ माघ ०३ गते तदनुसार Jan 16, 2021 का दिन मित्रराष्ट्र पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल Mt. K2 (8611m) को Winter Season मा प्रथम पटक सफल आरोहण गरी विश्व किर्तिमान राख्न सफल नेपाली आरोहण दलका सदस्यहरुलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा आज मिति २०७७/११/१२ गते जङ्गी अड्डामा आयोजित विशेष समारोहकाबीच नेपाली सेनाले कदरपत्र प्रदान गरी सम्मान गरेको छ ।

राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रममा ८००० मिटरभन्दा अग्ला १४ हिमालहरु मध्ये जाडो मौसममा सफल आरोहण नगरिएको ८,६११ मिटर अग्लो Mt.K2 हिमाल सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त अवसरमा आरोहण दलका Team Leader निर्मल पुर्जा मगरबाट आरोहणको दौरान मृत्युलाई चुनौती दिँदै Mt.K2 को शिखरमा नेपाल र नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गान गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरु सफल भएको  अनुभव सुनाउनु भएको थियो ।

बेलायती सेनाको Special Force बाट सेवा निवृत्त पुर्जा मगरले Team को निर्माण गरी सामुहिक भावना (Team Spirit) तथा आफ्नो देश एवं शेर्पा समुदायको नाम राख्‍न केही गरौं भन्‍ने चाहनाले गर्दा आरोहणको ईतिहासमै खतरनाक मानिएको हिमाल (Savage Mountain) आरोहण गर्न सफल भएको बताउनु भएको थियो । विदेशमा सेवा गर्दा मातृभुमिको माया एवं कर्तव्यबोध अझ बढी हुने आफ्नो अनुभव समेत साट्नु भएको थियो ।

नेपाल पर्वतारोहण संघका साथै नेपाल पर्यटन विभाग तथा बोर्डका सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्मानित भएका आरोहीहरुलाई बधाई मन्तव्य दिनुहुँदै प्रधान सेनापति थापाले सामुहिक भावना तथा दृढ विश्‍वास एवं लगनशीलताले Winter Season मा Mt.K2 जस्तो खतरायुक्त हिमालको सफल आरोहण गर्न सम्भव भएको बताउनु हुँदै वहाँले विदेशमा सेवा गर्नु नराम्रो पटक्‍कै नभएको र विदेशमा प्राप्त अनुभव तथा सिपलाई स्वदेशको प्रगतिमा उपयोग गर्नु आजको आवश्यकता रहेको साथै राष्ट्रिय भावना सहितको लक्ष्य लिएर अघि बढ्ने संकल्प गरेमा नेपालमा असम्भव भन्‍ने हरेक पक्षलाई सम्भव बनाउन सकिने धारणा व्यक्त गर्नु भएको थियो ।

 

सम्बन्धित खबरहरु