काठमाडौं । चर्चित हलिउड अभिनेत्री जेनिफर जोहाना एनेस्टेनले राष्ट्रपति विद्यादेवी भण्डारीको तारिफ गर्नुभएको छ ।

गत शुक्रवार उहाँले इन्टाग्राममा एक ‘स्टोरी’ अपडेट गर्नुभयो । त्यस स्टोरीमा जर्मन चान्सलर एन्जेला मर्केल, न्युजल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीको फोटो राख्दै उहाँले लेख्नु भएको छ, ‘विश्वमा परिवर्तन नचाहनेहरूले हल्ला गरिरहेका बेलामा पनि परिवर्तन सम्भव छ ।’ उहाँको संकेत थियो, महिलाहरू अघि बढेको हेर्न नचाहनेका बीच पनि यी महिलाहरूले आफूलाई प्रमाणित गरेका छन् र देशको नेतृत्व गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु