काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोलाई समेत प्रधानमन्त्री बन्नसक्ने सम्भावना जिवित रहेकाले मिलेर जान प्रस्ताव राखेको छ ।

संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग भएको छलफलमा जसपाबाटपनि सरकारको नेतृत्व हुनेसक्ने सम्भावना जिवित छ हामी मिलेर अघि जाऔँ भनेको बुझिएको छ ।

‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भन्नुभयो, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर सोधेका छौ ।

अब उहाँहरु संविधान बनाउँदा भएको प्रतिगमन सच्याउन तयार हुनुहुन्छ की भन्ने बुझेका छौ । महतो सहित जसपाका नेता भेट् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधबकुमार नेपाल लगायत नै पुगेका थिए ।

यसअघि प्रचण्ड–माधव समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भएको हो उक्त समुहका एक नेताले जानकारी दिनुभएको छ ।

तर जसपासँगको छलफलपछि मधेस केन्द्रीत दललाई नजिकबाट नियाल्नेहरुले अहिलेको आदेश नै जसपा सहित सरकार बनाउँने हो भनेर विश्लेषण गर्न थालेका छन् । भारतले संविधान घोषणा गर्नुअघि नै केही कुरामा असहमति जनाउँदै अहिले नै संविधान घोषणा नगर्न भनेको थियो ।

त्यसपछि मधेशकेन्द्रीत दलहरुलाई त्यसको बिरोध गर्न लगायो । अघोषित नाकाबन्दी भयो । अहिले त्यही असहमतिलाई करेक्सन गर्न यो राजनीति उथलपुथल आएको उहाँको दावी छ । यो भारतको प्रत्यक्ष चासोले नेपालमा उथलपुथल भएको छ । भारत संविधान नै करेक्शन भएको हेर्न चाहान्छ त्यसैको खेल स्वरुप यो भइरहेको छ उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु