खोटाङ । खोटाङमा माछा निकाल्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको साकेला गाउँपालिका –४ मात्तिमका अन्दाजी ३७ वर्षीय निरकुमार राईको बुधबार माछा निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।

प्रतिकात्मक फाइल तस्विर

जिल्लाकै रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थि रावा खोलामा करेन्ट लगाएर माछा निकाल्ने क्रममा मृतक राईले लगाएको करेन्ट आफैँलाई लाग्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता गोविन्द साहले बताउनुभयो । मृतक राईको जिल्ला अस्पताल दिक्तेलमा परिक्षण भइ सकेको तर रिपोर्ट भने आउन बाँकि रहेको प्रवक्ता साहले बताउनुभयो ।

सम्बन्धित खबरहरु