स्वर्णिमा सुनुवार, ओखलढुङ्गा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ओखलढुङ्गाकोे चण्डेश्वरी विमान स्थलको नियमित उडान सेवा प्रभावित बनेको छ । बिमानस्थलमा २०७६ साल पुस ७ गते परिक्षण उडान सफल भएको थियो । सो अनुसार २०७७ कोे बैसाखबाट नियमित उडान गर्ने योजना भएपनि कोरोनाका कारण प्रभावित बनेकोे खिजिदेम्बा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमास्थलको स्तरोउन्नती गरि बैसाख महिना देखि उडान भर्नको लागि सम्झौता भए पनि भाइरसका कारण स्थगित भएको बताउनुभयो । सर्भे भएको करिव ५२ बर्ष पछि काम सम्पन्न गरि २०७६ सालमा परिक्षण उडान गरिएको थियो ।

त्यहाका स्थानिय नागरिकले निःशुल्क जग्गा उपलब्ध गराई ३ सय ७० रोपनी जग्गामा ५ सय ८० मिटर लम्बाइ र ४० मिटर चौडाई रहेको विमान स्थलको निमार्ण कार्य २०७६ सालमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

सिट क्षमता अनुसारको यात्रु नपाएमा गाउँपालिकाले अपुग रकम दिने सर्त सहित तारा एरालायन्स कम्पनीसँग उडानको लागि सम्झौता भएको थियो । सोहि अनुसार पालिकाले १० लाख बजेट समेत विनियोजन गरेको उहाँको भनाई छ । नेपाल नागरिक उड्यान प्राधिकरणमा प्रस्ताव पेश हुने क्रममा रहेकाले अवको केहि समयमा नै उडानलाई निरन्तर सञ्चलन गर्ने योजना रहेको पालिका अध्यक्ष रोकाले बताउनुभयो ।

यता नेपाल नागरिक उड्यान प्राधिकरणले पनि स्थानिय तहले सम्बन्धित कम्पनीसँग सम्झौता गरेर प्रस्ताव पेश गरेको खण्डमा इक्युपमेन्टहरु तयारी अवस्थामा रहेकाले उडानको लागि अनुमतिको दिने जनाएको छ ।

सम्बन्धित खबरहरु