काठमाडौं । संसद् पुनःस्थापनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष थप संकटमा परेको छ । नेकपाका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले कांग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने बताउनु भएको छ ।

बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान नहुने भन्दै यसले जनमतको अपमान हुने पण्डितले बुझाई रहेको छ । सामाजिक सञ्जालमा बिहीबार लेख्दै पण्डितले नेतृत्वले यस्तो गरे आफ्नो विरोध रहने भन्दै नेतृत्वलाई बेलैमा जानकारी गराएको बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ, ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन ।

यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस । मेरो यसमा बिरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराऊछु ।’ नेकपामा कठिन अवस्था भए पनि एकताको सम्भावना समाप्त नभएको उहाँले जानकारी दिनुभयो ।

यस्तो छ स्टाटस्
नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन । यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस । मेरो यसमा बिरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराऊछु ।

 

सम्बन्धित खबरहरु