काठमाडौं । भारत र पाकिस्तानका सेनाले बिहीबार भने कि उनीहरु सीमाक्षेत्रमा गो’लाबा’री रोक्न तयार छन् । दुबै देशका सेनाहरु कश्मीरमा नियन्त्रण रेखा (एलओसी) मा गो’लीबा’री रोक्न सहमत भएका हुन् ।

सीमा क्षेत्रमा हालैका महिनाहरूमा दुबैतर्फबाट भएका गो’लाबा’रीमा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको मृत्यु भएको वा बेपत्ता पारिएको विभिन्न रिर्पोटहरुमा दावा गरिएको छ ।

भारत र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले बिहीबार हटलाइन सम्पर्कको संयन्त्रको बारेमा छलफल गरेका हुन् । दुई पक्षले नियन्त्रण रेखा (एलओसी) र अन्य सबै क्षेत्रलाई स्वतन्त्र, स्पष्ट र सौहार्दपूर्ण वातावरणमा समीक्षा गरेको जनाइएको छ ।

आईएसपीआरले विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो । पारस्परिक लाभदायक र दिगो शान्ति प्राप्त गर्न एक अर्काको मुख्य मुद्दाहरू र सरोकारहरू सम्बोधन गर्न सहमत भएका हुन् ।

शान्तिलाई बाधा पुर्‍याउने र हिं’सा निम्त्याउने प्रवृत्ति रोक्न यस्तो निर्णय ग’रिएको जनाइएको छ । दुबै पक्षले नियन्त्रण समझौता र अन्य सबै क्षेत्रहरुमा २४–२५ फेब्रुअरी, २०२१ देखि ला’गू गरी सबै सम्झौता, समझदारी र गोलीबारी रोक्ने कुरामा सहमति जनाएका हुन् । दुबै पक्षले जोड दिए कि हटलाइन सम्पर्कको संयन्त्र र सीमा झण्डा बैठकको उपयोग गरिनेछ ।

सम्बन्धित खबरहरु