काठमाडौं । दाइजोका कारण कतिपयको विवाह भइरहेको हुँदैन । तर समाजमा अझै राम्रा मानिसहरु कम भएका छैनन् । त्यस्ता व्यक्तिको सोचाइले समाजमा गहिरो प्रभाव पार्छ । त्यस्तै समाचार भारत, राजस्थान राज्यको बुन्डी जिल्लाबाट आएको छ ।

त्यहाँ एक विद्यालयका प्रधानाध्यापक बृजमोहन मीणाले भारु १०१ रुपैयाँ मात्र लिएर आफ्नो छोराको विवाह गर्दिनु भएको छ । धेरै आमाबाबुहरु छोरीसँगै पर्याप्त दाइजो पनि दिनुपर्ने कारणले छोरीको विवाह गर्न सक्दैनन् । तर यो घटनाले सिंगो विश्वभर एक नयाँ सन्देश दिएको छ ।

राजस्थानको बुन्डी जिल्लाको खजुरी पञ्चायतको पेपरवाला गाउँ निवासी ब्रिजमोहन मीणाले टोंक जिल्लाको गाउँमा आफ्नो छोराको विवाह गराएका हुन् । बृजमोहन एक स्कूलको प्रधानाध्यापक थिए र अहिले सेवानिवृत्त भएका छन् ।

हिजो मंगलबार छोरा रामधानको इन्गेजमेन्ट कार्यक्रम थियो । उनी परिवारसहित उनियारा तहसीलको सोलटपुरा गाउँ पुगेका थिए । त्यस्तो अवस्थामा रीति रिवाजको बेला केटीका बुबाले ११ लाख भारु रूपैयाँले भरिएको थाल दिएका थिए ।

त्यसपछि बृजमोहन मीणाले भने कि हामीलाई दाईजो होईन तपाईंको छोरी दुलहीको रूपमा चाहिएको छ । त्यहाँका मानिसहरूले भने कि हामीले प्रथाको रूपमा शगुन दिनु पर्छ । त्यसपछि उनीहरूले १०१ रुपैयाँ मात्र शगुनको रूपमा राखेका हुन् ।

 यो सबै देखेर, कार्यक्रममा उपस्थित मानिसहरूले केटापक्षको प्रशंसा गरे र मानिसहरूले भने कि सबैले यो कुरा सिक्नु पर्छ । त्यस्तो अवस्थामा जब दुलही आरतीलाई यो कुरा थाहा भयो, उनले भनिन्, ‘मेरा ससुराले हाम्रो मान बढाउनुभयो ।

म भाग्यमानी छु कि मैले त्यस्तै ससुरा पाएकी छु ।’ दाइजको रकम फिर्ता गरेर समाजलाई सन्देश दिएको धेरैको बुझाई रहेको छ । यसले छोरीहरूको सम्मान बढाउँछ । जानकारी अनुसार टोक, बुन्डी, सवाई माधोपुर जिल्लामा देखिएको यो पहिलो यस्तो घटना हो ।

 

सम्बन्धित खबरहरु