काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय जनता पार्टीका नेताले कडा शब्दमा आलोचना गर्नुभएको छ । नेपाल मामिलामा विवादित र आपत्तिजनक अभिव्यक्ति दिदैँ आउँनु भएका भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामी पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिनु भएको हो ।

उहाँले नेपालको आन्तरिक मामिलामा चीनलाई समेत जोडेर अभिव्यक्ति भड्काउ खालको बयान दिनु भएको हो । बिहीबार एक ट्वीट गर्दै स्वामीले ओलीद्वारा गरिएको संसद्‌ विघटन बदर र घर न घाटको भएको दाबी गर्नुभएको हो ।

साथै, चीनको प्रभावसँग लड्न भारतले नेपालको विकसित घटनाक्रमबाट सिक्नुपर्ने उहाँको बुझाई रहेको छ । नेपालमा चाँडै लोकतन्त्र फर्कने र संयुक्त सरकार गठन हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।

स्वामी सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् राज्य सभा सांसद हुनुहुन्छ । भारतमा उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मान्ने गरिन्छ । उहाँले लेख्नु भएको छ, ‘सम्भवतः चाँडै लोकतन्त्रमा फर्केर नेपालले गठबन्धनको सरकार गठन गर्नेछ।

भारतले चिनियाँ प्रभावको विरूद्ध लड्न सिक्नुपर्दछ किनकि ओलीको चालमा उनी ‘घर न घाटको’ बने । त्यसैले चिनियाँको भूमिका हुनेछ । त्यसकारण भारतलाई सन्तुलन कायम गर्नका लागि दक्ष राजनैतिक चालहरू चाहिन्छ ।’

Subramanian Swamy on Twitter: “Nepal will probably go back to democracy soon and form a coalition government. India must learn to combat the Chinese influence since Oli by his moves became “na ghar na ghat ka”. So Chinese will have a role. So India will need deft [not daft] political moves to retain balance.” / Twitter

सम्बन्धित खबरहरु