काठमाडौं । सेनाले प्रधानमन्त्रीको राजीनामा मागेको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले बिहीबार सेनामाथि यस्तो आरोप लगाउनु भएको हो ।

सेनाले एक विज्ञप्तिमा राजीनामा माग गरेपछि उहाँले अर्मेनियाको सशस्त्र सेनाको एक अधिकारीलाई बर्खास्त गर्नुभएको छ । उहाँ फेसबुकबाट राष्ट्रलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । सेनाले राजीनामा मागेपछि उहाँले आफ्ना समर्थकसहिच बृहत आन्दोलन गरिरहनु भएको छ ।

गतवर्षको नागोरोनो–काराबाख द्वन्द्वमा अजरबैजानले आर्मेनियालीहरूबाट केही क्षेत्र फिर्ता लिएकोमा आर्मेनियामा प्रधानमन्त्री पशिन्यानले लगातार विरोध प्रदर्शनको सामना गर्नु परिरहेको छ । यो बीचमा सेनाले उहाँको राजीनामा मागेको हो ।

सम्बन्धित खबरहरु