काठमाडौं । एक व्यक्तिले ३ करोड २० लाख मुल्य बराबरको शंख मन्दिरमा चढाउनु भएको छ । भारत, आन्ध्र प्रदेश तमिलनाडुमा बस्ने एक भक्तले बुधवार आन्ध्र प्रदेशको तिरुमालाको प्रसिद्ध तिरुपति बालाजी मन्दिरमा सुनको शंख र चक्र चढाउनु भएको हो ।

एक मन्दिर अधिकारीले भने कि भगवान बालाजीको पूजा गरेपछि सम्मानित थङ्गदुरईले साढे तीन किलोग्राम सुनको शंख र चक्र मन्दिरका अधिकारीहरूलाई हस्तान्तरण गर्नुभएको हो । थङ्गदुरई तमिलनाडुको थेनीका हुन् । अधिकारीले भने कि प्राचीन मन्दिरको मुख्य देवतालाई यी गहनाहरूले सजाइनेछ ।

सरकारी अधिकारीले भक्तको भनाइ उद्धृत गरे कि कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण बन्द भएको बेलामा भक्त गम्भीर बिरामी पर्नुभएको थियो । आफ्नो इच्छा पूरा गर्न उक्त दान दिएको उहाँले जानकारी दिनुभयो । तिरुपति मन्दिरमा अक्सर सुन चढाइन्छ ।

यसैले यो मन्दिर दानको हिसाबले भारतमा पहिलो स्थानमा पर्दछ । हरेक वर्ष लाखौं मानिसहरू तिरुमालाको पहाडमा अवस्थित यस मन्दिरमा भगवान वेङ्कटेश्वरको आशीर्वाद लिन भेला हुन्छन् ।  त्यहाँ आउने हरेक व्यक्तिको भगवान भेन्कटेश्वर (भगवान विष्णु) लाई भेट्ने ठूलो इच्छा हुन्छ ।

ANI on Twitter: “Andhra Pradesh: A devotee from Theni in Tamil Nadu says he has donated golden ‘Sankha’ and ‘Chakra’ worth approximately Rs 2 crores to Balaji Temple in Tirumala. https://t.co/dk2EBtSeeA” / Twitter

सम्बन्धित खबरहरु