काठमाडौं । सामाजिक अभियान्ता एवं बेवारिसे लाश जलाउँदै आएका विनयजंग बस्नेत र सपना रोका मगरबीचको विवादले नयाँ रुप लिएको छ ।

बीबीसीले जारी गरेको सुचीमा सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि सुरु भएको उनीहरुबीचको विवादले उग्र रुप लिएको हो ।

मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

विद्युतीय माध्यमको प्रयोगबाट सपनाको निजी तस्विर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार विनयजंगले सार्वजनिक रुपमा चेतावनी दिदैँ भनेको कुरा सत्य भएको छ । उनको मोबाइलमा सपनाको केही निजी तस्विरहरु भेटिएका छन् ।

यद्यपि, त्यो तस्विर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाइसकेको छ । सपनाले अहिले आफ्नै अगुवाइमा छुट्टै संस्था समेत दर्ता गरेकी छन् ।

सम्बन्धित खबरहरु