काठमाडौं । चर्चित अभिनेता पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र हातपात गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिनु भएको हो ।

प्रधानको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि गलत्त काम गरेको प्रधानको दाबी छ । हातपातअघि दुव्यर्वहार गरेका साहले होटल ज्वाई खानामा रहेका बेला ८–१० जनाको टोली नै बोलाएको प्रधानले बताउनुभयो ।

कार्यक्रमका विषयमा छलफल गर्दा दुव्र्यवहार गरेको उहाँले आरोप लगाउनु भएको हो । उहाँका अनुसार त्यहीँबाट पलले ८–१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटेका थिए । साहको निर्देशनमा जोसीले प्रधानलाई त्यस्तो काम गरेका हुन् । यस विषयमा थप अनुसन्धान जारी रहेको छ ।

सम्बन्धित खबरहरु