काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिनुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुग्नु भएको हो ।

भेटवार्तामा सर्वोच्चको फैसला, सरकारका काम कारबाही, प्रतिनिधिसभाको बैठक बोलाउने विषय, नेकपाको विवादलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ । सरकारले सर्वोच्चको फैसलाअनुसार नै संसद बैठक बोलाउने प्रतिबद्धता पनि जनाइसकेको छ ।

सम्बन्धित खबरहरु