काठमाडौं । डरलाग्दो सडक दुर्घटनामा दुई दाजुभाईको मृत्यु भएको छ । युएईमा भएको एक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । यी भाइहरू रस अल खैमाहमा सवारी दुर्घटनामा परेका थिए ।

रस अल खैमाह प्रहरीका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार दुर्घटना शामल क्षेत्रमा बिहीबार राति रिङ्ग रोडमा भयो, जसलाई एमिरेट्स बाइपास रोड पनि भनिन्छ । ट्राफिक र गस्ती विभाग, आरएके प्रहरीका निर्देशक ब्रिगेडियर अहमद अल साम अल नकबीका अनुसार चालकले स्टेरिङ्गबाट नियन्त्रण गुमाएपछि कार पूरै क्षतिग्रस्त नभएसम्म धेरै पटक पल्ट पल्टियो ।

दुर्घटनाको कारण एक जनाको मृत्यु घटनास्थलमै भयो भने थप एक जनाको अस्पताल लैजादैँ गर्दा मृत्यु भयो । उनका भाईलाई नजिकैको अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषित गर्यो ।

उनले सवारी चालकहरुलाई सडकमा केन्द्रित रहन र सबै यातायात नियम र कानूनको कडाईका साथ पालन गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु