काठमाडौ । नायक पल शाहबिरुद्ध प्रहरीमा उजुरी परेको छ । शाहले हातपात गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । त्यसपछि पलले यथार्थ बाहिर ल्याएका छन् । उनले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले उल्टै आफूमाथि दु,र्व्यवहार गरेको बताएका छन् ।

अरुणले पल विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको खबर सार्वजनिक भएसँगै कुरा गर्दै पलले भने–‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दु,र्व्यवहार गर्नुभयो ।’

पलले अगाडि भने–‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ । यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठ,ड्याएर कुरा गर्नुभयो । कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए । मलाई अरुणजीले उल्टै औंला देखाएर पि,ट्न खोज्नुभयो ।’

सोही समयमा कृष्ण र अरुणबीच धकेलाधकेल पनि भएको पलले बताए । पलले भने–‘सामान्य विवाद भएपछि हामी अर्को टेबलमा खाना खान गयौं । होटलका वेटरहरुले मेरो धरानको साथीलाई फोन गर्नुभएछ । यसपछि २–३ जना साथीहरु आउनुभयो ।

उहाँहरुले के भयो भनेर सोध्नुभयो, अनी हामी त्यहाँबाट निस्कियौं । भएको यत्ती मात्र हो ।’पलले कुनै पनि कार्यक्रममा जाने वा नजाने कलाकारको आफ्नो निर्णयको कुरा भएको भन्दै हरेक व्यक्तिलाई सम्मान गर्न आवश्यक रहेको बताए ।

उनले भने–‘हामी त धरानमा आफ्नो कामका लागि आएका थियौं । अरुणजीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाने वा नजाने मेरो व्यक्तिगत कुरा हो । तर, मैले म्यानेजरसँग कुरा गर्नुहोस् भन्दा उल्टै ठूलो भएको, घमण्डीपना देखाएको भन्दै दु,व्र्यवहार गर्न खोजियो ।’ भिडियो यहाँ हेर्नुहोस्

सम्बन्धित खबरहरु